arrow

घुम्ती शिविरबाट पत्रकारलाई प्रेसपास, बच्यो ५० हजार

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ मंसिर १२ आइतबार
261087096_4540268399354925_.jpg

मुगु । हिमाली जिल्ला मुगुमा सञ्चार घुम्ती सेवामार्फत प्रेसपास वितरण गरिएको छ । मुगुमा पहिलो पटक सूचना तथा प्रसारण विभागले घुम्ती सेवा सञ्चालन संचालन गरेको ३ दिने घुम्ती शिविरमा २६ जना सञ्चारकर्मीलाई प्रेस पास वितरण गरिएको हो ।  

सञ्चार घुम्तीसेवामार्फत मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना गरी २६ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुई वटा अनलाइन दर्ता गरिएको सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराईले बताए ।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा गत ८ गतेबाट तीन दिने घुम्ती शिविर संचालन गरिएको थियो  । 

सञ्चालित संचार घुम्ती शिविरमा २६ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको र दुई वटा अनलाई दर्ता भएका छन् । 

दुृर्गम हिमाली जिल्लाका संचारकर्मीको दुःख पीडालाई ध्यान दिएर विगत वर्षदेखि विभागले हिमाली जिल्लामा संचार घुम्ती शिविर संचालन गर्दै आएको र दुर्गम जिल्लामा कार्यरत संचारकर्मीलाई घुम्ति सेवाले सहजको लागि संचार घुम्ती शिबिर संचालन गरिएको बताइएको छ । 

समापन कार्यक्रममा बोल्र्दै नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले दुर्गमका संचारकर्मीको हितको निम्ति राज्य पहिलो पटक उपस्थित हुँदा खुशी लागेको बताए । 

उनले भने, ‘यही रातो पे्रसपास लिन र नविकरण गर्न काठमाडौं जादा एक व्यक्तिको कम्तिमा ५० हजार खर्च हुन्थ्यो यो हिसावले यो घुम्ती शिविरबाट सेवा लिएकाहरुको हिसाव निकाल्दा लाखौं रकम बचत भएको छ ।’

संचार घुम्ती शिविरमा जिल्लामा कार्यरत संचारकर्मीलाई क्षमता विकास तालिम पनि प्रदान गरिएको थियो । उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ