arrow

एनआरएनएभित्र विवाद चर्किएपछि एनसीसीहरुको भेला बोलाइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
nrna1.jpg

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार(मंसिर १५ गते) हुने भएको छ। पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना गरिएको थियो। संघभित्र विवाद बढ्दै गइ सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएकोबारे पनि भेलामा छलफल गरिने जनाइएको छ।

राष्ट्रिय समन्वय परिषद (एनसीसी)अमेरिकाका अध्यक्ष तथा एनसीसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषदलाई १०औं महाधिवेशन गर्ने म्यान्डेट दिएकोमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे भेलामा छलफल गरिने बताए।

‘पन्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकार विरुद्ध मुद्दा मामिला गर्नु एनआरएनएजस्तो सामाजिक संस्थालाई सुहाउने काम होइन ।  यो अत्यन्तै गैर जिम्मेवार कार्य हो । यसबारे पनि भेलामा छलफल हुने छ,’ सुवेदीले भने।

उनले भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिने र भेलाको निष्कर्ष संघका विभिन्न निकायलगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जनाए। यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमंत्री  शेरबहादुर देउवालाई पनि बुझाइएको थियो। -जीएनएन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ