arrow

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
bhim-rawal-10th-general-uml.jpg

सौराहा । नेकपा (एमाले)को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट शुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट रहेका छन् ।

रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ