अध्यक्षमा ओली र भीम रावलको मनोनयन दर्ता, भुषालको उपाध्यक्षमा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
761
Shares
सौराहा । नेकपा (एमाले) मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।
एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुषालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।
रावल र भुषालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुषालको नाम थिएन ।