एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत, पछि हटे विष्णु पौडेल
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
1.2k
Shares
सौराहा । नेकपा एमालेको चितवनको सौराहामा जारी दशौं महाधिवेशनको चुनावी प्रक्रियामा महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।
यसअघि उपमहासचिव विष्णुप्रसाद पौडेल पनि महासचिवमा इच्छित भएको भन्दै यसमा कुरा मिल्न नसकेकोे बताइएको थियो । तर पोखरेल र पौडेल दुवै जना केपी ओलीका निकै नै विश्वासी पात्र भएकाले उनीहरु ओलीको बोलीलाई काट्न नसकी जुन पद ओलीले दिए त्यसमै बस्न राजी भए ।
पौडेल भने ओलीले प्रस्ताव गरेको सूचीमा उपाध्यक्षमा रहेका छन् ।
यसअघि पोखरेल मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर दाङमा पुर्याउँदा पौडेल मौन बसेको भन्दै महासचिव र अर्थमन्त्रीमा राजधानी साटेको आरोप लागेको थियो ।
तर यो समीकरणपछि पोखरेलले हरेक बाजी मारेको स्पष्ट भएको छ ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।