arrow

कमल थापाद्धारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
kamal-thapa420000.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका आयोजना गर्दै थापाले १५, १६ र १७ मंसिरमा हुने महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै थापाले आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा अघि बढाइएको भन्दै पार्टी भित्र देखिएका फरक विचारलाईसमेत आफूले सम्मान गर्ने र राप्रपालाई एक ढिक्का बनाउने अभियानबाट अलग नहुने बताए ।

राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा नै नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले केही दिनअघि जमलमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका थिए ।

राप्रपामा हालका अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार हुन् । तर उनीहरुले उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

राप्रपाले केन्द्रीय महाधिवेशनका लागि देश तथा प्रवासबाट गरी ४५ सयको संख्यामा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियामा रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ