arrow

राप्रपामा नयाँ समीकरण : जबरा र लोहनीको समर्थन लिङदेनलाई

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर १३ सोमबार
rpp-general-convention-final.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी महाधिवेशनमा नयाँ समीकरण बन्ने सम्भावना बढेर गएको छ। राप्रपाको केन्द्रीय नेतृत्व चयनका लागि १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा केन्द्रीय महाधिवेशन हुँदैछ ।

राप्रपाको आगामी नेतृत्वका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।अध्यक्ष थापाले सोमबार मात्रै राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

यस्तै लिङ्देनले भने केही दिन अघि नै जमलस्थित एल्लो प्यागोडा होटलमा पत्रकारसम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

हाल राप्रपामा तीन जना अध्यक्ष छन् । अध्यक्ष पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी भने आगामी महाधिवेशनमा नउठ्ने निणर्यमा पुगेका छन्। योसँगै अध्यक्षत्रयमध्ये थापा मात्रै मैदानमा उत्रने भएका हुन् ।

‘जबरा अध्यक्षज्यूले अब म महाधिवेशनमा उठ्दिन भनेर भनिसक्नु भएको छ, उहाँको प्रयास सहमती होस् भन्ने छ, हामीलाई यसो गर भन्नु भएको छैन, विवेक प्रयोग गर्नु भन्नु भएको छ, उहाँको निर्णय चाही अब महाधिवेशनमा नउठ्ने नै हो,’ जबरा निकट नेता राजेन्द्र गुरुङले हाम्राकुरासँग भने।

जबरा निकटको अर्को स्रोतअनुसार जबराले थापालाई पनि आश्वासन दिएका छन् । उक्त स्रोत भन्छ, ‘हामी उहाँले नै लाग्दा हुन्छ भनेरै थापाज्यूलाई सघाउन लागिरहेका छौं, उहाँले कुनै त्यस्तो कडिकडाउ भने गर्नुभएके छैन ।’

जबरा खेमामा रहेकाहरु पनि थापाको प्यानलबाट चुनावमा लड्दैछन् । तर यो एकता महाधिवेशन केही हदसम्म गोलमटोल रहेको भने स्पष्ट हुन्छ ।

यसैगरी अर्का अध्यक्ष लोहनीले पनि आफू अब महाधिवेशनमा नउठ्ने भन्दै आफू निकटका नेताहरुलाई नेतृत्व परिवर्तनका लागि अघि बढ्न भनिसकेका छन्। उनले नयाँ पुस्ताको हातमा पार्टीलाई सुम्पनु पर्ने अवस्था आएको भन्दै अब राप्रपाले नयाँपन खोजेको भन्दै आफू निकटका लागि महाधिवेशनमा आफू भने उम्मेदवार नबन्ने सुनाएका छन्।

लोहनी निकट नेता जनकराज पाठकका अनुसार अध्यक्ष लोहनीले भोलि मंगलबार जमलस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपा महाधिवेशनमा लिने नीतिबारे सुनाउने तयारी गरेका छन्। सो बखत उनले लिङ्देनलाईसमेत साथमा राखेर पत्रकारसम्मेलन गर्ने तयारी छ । 

राप्रपाले यसपटक सिधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व चुन्न लागेको हो । राप्रपाले हाल महाधिवेशनका लागि प्रतिनिधि छनोट गरिरहेको छ । केन्द्रीय नेतृत्व चयन गर्न राप्रपाले देशभरबाट ४५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ