arrow

भीम रावलविरुद्ध पर्चा, माओवादीबाट आाएकालाई पनि भोट नहाल्न सर्कुलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
UML-10th-general-convention-logo.jpg

सौराहा । नेकपा एमालेको दशौं महाधिवेशन सौराहामा जारी छ । अहिलेसम्म मतदान सकिएको छैन । तर मतदानस्थल सौराहामा नयाँ नयाँ फण्डा देखिएको छ । 

मंसिर १२ गते नै मतदान गर्नुपर्नेमा दुई दिन पछाडि धकेलियो । सहमतिको नाममा काखापाखा छुट्टाइयो । केपी शर्मा ओलीले सहमति गर्ने भन्दै तयार पारेको लिष्टमा डा.भीमबहादुर रावल र घनश्याम भुषालको नाम नै छुटाइयो । 

तर मंगलबार बिहान भने पार्टीलाई थप भड्खालोमा पार्ने गरी नयाँ पर्चा बाँडियो । मतदान भइरहेका बेलामा बाँडिएको उक्त पर्चामा अध्यक्षका प्रत्यासी रावललगायतका उम्मेदवारलाई भोट नहाल्न भनिएको छ । 

पहिले रावलले चुनावी प्रचार गर्दा उनका कार्यकर्तालाई स्वयंसेवकहरुले बन्द सत्रको परिसरबाट बाहिर निकालेका थिए । अहिले भने खुलेआम पर्चा बाँडिएको हो । 

अध्यक्षमा रावललाई मात्रै नभई भोट नहाल्ने लिष्टमा उपाध्इक्षमा उम्मेदवार दिएका भुषाल, सचिवमा उम्मेदवारी दिएका टंक कार्की र भीम आचार्यको समेत नाम रहेको छ । 

माओवादीबाट एमालेमा आएका नेताहरुलाई पनि भोट नहाल्न पर्चा बाँडिएको छ । त्यस्तै माधवकुमार नेपालको साथ छाडेर एमालेमा रहेकाहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईहरुकोसमेत नाम छ । 

यस्तो छ नामावली–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ