arrow

एमाले महाधिवेशनको खर्च नौ करोड ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-general-chitwan111.jpg

सौराहा । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । ‘दुई दिन महाधिवेशन लम्बिनु नै अप्रत्यासित भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ 

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । 

महाधिवेशन अझै नसकिएकाले यसको खर्चके विवरण यसै भन्न सक्ने अवस्था छैन । एमाले कार्यालयबाट आउने आँकटा देखिएको खर्च हो भने नदेखिएको खर्च लाखौं भएको हुन सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ