arrow

नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
voter card.jpg

कावासोती । नवलपुरमा मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ । आठ वटा स्थानीय तह भएको जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत लालप्रसाद भुषालले बताए ।

भुषालका अनुसार पहिलो चरणमा जिल्लाको बुलिङ्गटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा मंसिर १७ देखि पुस २ गते सम्म सम्बन्धित गाउँपालिकाको वडामा नै आयोगको टोली गएर मतदाता नामावली संकलन गरिने छ ।

दोस्रो चरणमा जिल्लाको गैंडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा पुस ५ देखि १९ सम्म टोली खटाएर नामावली संकलन गरिने भुषालले बताए ।

भुषालका अनुसार कावासोती नगरपालिकाको हकमा भने जिल्ला प्रसासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलनको काम हुने छ ।

१८ बर्ष पुगेर मतदान गर्ने अधिकार प्राप्त भएका,बसाइसराइ गरि आएका र मतदाता नामावलीमा नाम छुटेकाहरुलाई लक्षित गरि नामावली संकलन सुरु गरिएको अधिकृत भुषालले बताए ।

जिल्ला प्रशासन कार्यलय नवलपुर र जिल्ला निर्वाचन कार्यालय नवलपुरमा भने नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ