arrow

एमालेमा केपी ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-general-closing-se.jpg

सौराहा । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली भन्दा १० बुँदे पक्षधर ‘पपुलर’ देखिएका छन् । एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।  चितवनमा भएको  महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो । 

अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए । तर, ओलीभन्दा बढी मत उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले मत पाएका छन् । 

ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन् । 

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् । 

साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् ।

ओलीको पपुलारिटीमा डा. भीमबहादुर रावलले धक्का लगाएका हुन् । रावलले २१३ मत ल्याएका थिए । जुन अनुमान विपरीत थियो । अधिकांशको भनाइमा रावलले सय मत पनि ल्याउँदैनन् भन्ने नै थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ