एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
731
Shares
भरतपुर । नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिए ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि मङ्गलवार बिहान मतदान भएको छ । अहिले मतगणना सकिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन् ।
सबै मत परिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ । मतदानमा दुई हजार १५३ जनाको मताधिकार रहेकामा दुई हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ ।
एमालेको यही मङ्सिर १० गतेदेखि चितवनमा जारी १० औँ महाधिवेशन मङ्गलवार सकिँदै छ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ । रासस