arrow

एमालेको पहिलो बैठक: चुनावमा केन्द्रीत हुन अध्यक्ष ओलीको निर्देशन

दोस्रो बैठक मंसिर २५ र २६ गते बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-general-closing-se.jpg

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेर मंसिर २५ गते दोस्रो बैठक बस्नेगरी पहिलो बैठक टुंगिएको छ ।

चितवनको सौराहास्थित होटल सेभेनस्टार परिसरकै हलमा बसेको बैठकले धन्यावाद ज्ञापनलगायतका एजेन्डाहरुमाथि निर्णय गरेको छ ।मंगलबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओलीसहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको थियो ।

पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी आम निर्वाचनबारे रणनीति बनाउन निर्देशन दिएका छन् । बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई  आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ।

सम्बोधनका क्रममा ओलीले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए । एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ