arrow

रहेनन् लिभरपुल लिजेन्ड केनेडी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
ray-kennedy-liverpool.jpg

काठमाडौं । इङ्गल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर रे केनेडीको मृत्यु भएको छ । उनले ३७ वर्षसम्म पार्किन्सन रोगसँग लडेर अन्ततः प्राण त्यागेका हुन् । उनको ७० वर्षको उमेरमा मृत्यु भएको हो । उनी सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए । 

उनले इङ्गल्याण्डका लागि १७ खेल खेलेका थिए । 

मिडफिल्डर केनेडीले तीन गोलसमेत गरेका थिए । उनले इङ्गलिश प्रिमियर लिग क्लबहरु लिभरपुल र आर्सनलबाट खेलेका थिए ।

केनेडीले लिभरपुलबाट सबैभन्दा बढी समय खेले । लिभरपुल लिजेन्ड उनले ३९३ खेल खेल्दा ७२ गोल गरेका थिए । उक्त क्रममा उनले पाँच लिग र तीन युरोपियनसहित ११ वटा मुख्य उपाधि जित्न सफल भएका थिए ।  

त्यस्तै आर्सनलका लागि उनले २१२ खेल खेलेका थिए । जसमा ७१ गोल सामेल थियो । आर्सनलबाट भने उनले अपेक्षाकृत उपाधि जित्न सकेनन् । 

उनको निधनप्रति उनका फ्यान र क्लवले श्रद्धाञ्जलि अर्पण गरेको छ । 



नयाँ