arrow

कास्कीको अन्नपूर्ण र मादी गाउँपालिकाबाट मतदाता नामावली संकलन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
election-commission167.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकाबाट आजदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।

आजदेखि मंसिर २६ गतेसम्म उक्त स्थानबाट नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ । 

यस्तै, पुस १० गतेबाट माछापुच्छ्रे गाउँपालिका र रुपा गाउँपालिकाबाट नामावली संकलन गरिने गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

यी दुई पालिकामा पनि १० दिन नामावली संकलन गरिने उनले बताए । उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्थगित हुनेछ ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् । 

निर्वाचन कार्यालयले अन्नपूर्ण र माछापुच्छ्रेमा दुई/दुई जना कर्मचारी खटाएको छ। 

नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा, बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने नाराका साथ मतदाता नामावली संकलन कार्य अघि बढाइएको निर्वाचन अधिकारी पराजुलीले बताए । 

उनका अनुसार निर्वाचन आयोगको कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय लेखनाथबाट पनि मतदाता नामावली संकलन भइरहेको बताए ।

आयोगले आफूलाई पायक पर्ने स्थानमा गएर नामावली दर्ता गर्न सबैमा आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ