- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता’ हुने भएको छ । खेल आगामी मंसिर २७ गतेदेखि शुरु हुने शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर क्लबले जानकारी दिएको हो । आगामी मंसिर २७ गतेदेखि पुस ३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
हेटौँडा ५ क्याम्पाचौरमा आयोजना हुने प्रतियोगितामा २० क्लबको सहभागिता रहने प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए । हेटौडा भेट्रान्स क्लबको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा चालीस वर्ष माथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।
खेलले शारीरिक अभ्याससँगै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागेको क्लबका उपाध्यक्ष नवराज बज्राचार्यले बताए ।
सातौं संस्करणको प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा शिल्ड, दोस्रो हुने समूहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछन् । त्यस्तै खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह प्रशिक्षकलाईसमेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताए ।
प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचसमेत घोषणा गरिने छ । हेटौडा भेट्रान्स कप फुटबलको पहिलो र दोस्रो सस्करण चितवन भेट्रान क्लब चितवनले जितेको थियो ।
त्यस्तै सानोगौचरण नाइट भिजन भेट्रान क्लब काठमाडौंले तेस्रो संस्करण हात पारेको थियो । चौथो संस्करण एबीसी भेट्रान क्लब पोखराले जितेको थियो भने पाँचौं र छैटौं संस्करण बगरभाइ भेट्रान क्लब पोखराले हात पारेको थियो ।