arrow

फलेवासमा नेकपा एस विस्तार, अध्यक्षमा लम्साल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
Nepaka AS.jpg

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्सालको नेतृत्वमा ४३ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । पार्टीको सचिवमा बिष्णु रिजाल छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकीकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला कमिटीका अध्यक्ष मोतीप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनको लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई रक्षा गर्नका लागि र निरंकुश चरित्रलाई चुनौती दिन नयाँ पार्टीको जन्म भएको बताए । उनले सबै कम्युनिष्ट श्रमजीविहरु नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा (एस) केन्द्रीय लेखा आयोगका सचिव हरिकुरमार श्रेष्ठ, खेलकुद महासंघ सदस्य रामेश्वर गौतम, प्रदेश सम्पर्क कमिटीका उपसचिव तुलसी पौडेल, जगन्नाथ घिमिरे लगायतले बोलेका थिए ।

कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विष्णु रिजालले गरेका थिए ।

भेलाले सुमन गौडेलको अध्यक्षतामा ६१ सदस्यीय फलेवास नगर युवा संघ नेपाल पनि घोषणा गरेको छ । 

यस्तै, भेलाले अमृतराज लम्साल अध्यक्ष, सुदिप आचार्य सचिव र सन्देश लामिछाने ईन्चार्ज रहने गरि २१ सदस्यीय अनेरास्ववियूको नगर कमिटीको निर्माण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ