arrow

करणी मुद्दाका दोषी भुजेल र राईलाई पाँच-पाँच वर्षको कैद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
Rape-Cases.jpg

इलाम । इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषीलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका-२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो । 

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । 

यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका-१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ