arrow

एनआरएनएका प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा, कामचलाउ अध्यक्ष पन्तलाई धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
NRNA-election-commeette.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघको डेलिगेट्स छनोटमा देखिएको विवाद समाधान गर्न कामचलाउ समितिले चासो नदिएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। डेलिगेट्सको विवाद समाधान गर्नुको साटो काम चलाउ अध्यक्ष कुमार पन्त पेलेरै अघि बढ्न खोजेपछि पौडेलले राजीनामा दिएको बुझिएको छ ।

निर्वाचन समितिको विश्वस्त सूत्रका अनुसार अधिवक्ता पौडेलले कामचलाउ अध्यक्ष पन्तलाई केन्द्रले उपलब्ध गराएको मतदाता नामावली विरुद्ध निकै उजुरी परेकाले आफुले सोही विवादित नामावलीको आधारमा चुनाव गराउन नसक्ने जानकारी दिएका थिए। नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रुपमा धांधली गर्ने योजनालार्इ कार्यान्वयन गर्न आफुलाई माध्यम बनाउन लागिएको समितिकै सदस्यहरुलाई बताएका थिए।

पन्त नेतृत्वको कार्यसमितिले  विना कुनै सहमति जबर्जस्ती चुनावको कार्यक्रमलाई अगाडी बढाउन दबाब दिए पछि निर्वाचन समितिका बहुसंख्यक सदस्यहरुले राजिनामा गर्न लागेको विश्वस्त सूत्रले जानकारी दिएको छ। निर्वाचन आयुक्त डा। गणेश गुरुङले पनि आफ़्नो पदबाट राजीनामा दिएका छन्।

संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ। त्यसैले अब डिसेम्बर २६ र २७ मा गराउने भनिएको निर्वाचन गराउन कुनै पनि वैधानिक आधार बांकी नरहेको निर्वाचन समितिका एक सदस्यले बताए।

जसका कारण एनआरएनएको कामचलाउ समितिलाई निर्वाचन गराउन गम्भीर धक्का पुगेको छ । राष्ट्रिय समन्वय परिषद अमेरिका, युके, अष्ट्रेलियाका २५ प्रतिशत सेग्मेंट अन्तर्गतका मतदाताहरुको नामावली समावेश नगरिकनै मतदाता नामावली प्रकाशन गर्ने काम निर्वाचन समितिमा यसअघि भए गरिएका निर्णय तथा समझदारी विपरित रहेको भन्दै विरोध पनि भइरहेको थियो ।

त्यस्तै संघको विधान अनुसार मतदान गर्न योग्य डेलिगेट्सहरुको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराएपछि मात्रै मतदाता नामावली प्रकाशित गर्ने काम निर्वाचन समितिको भएको तर कैफियत सहितको नामावली प्रकाशित गर्ने काम  निर्वाचन समितिको नभएको भनी विरोध भएपछि प्रुमख निर्वाचन आयुक्त अफ्ठ्यारोमा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ