- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको दशौँ अधिवेशनको पहिलो बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठक अवरोध भएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए ।
त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।
आफूले कारबाही गरेका सांसदलाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।
आउँदो बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो।