arrow

१७०० मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
sashank-team1222.jpg
तस्बिर– मतदान स्थलमा मत माग्दै डा. शशांक कोइरालाको टिम ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा भइरहेको छ । दिउँसो ३ः४० बजेदेखि शुरु भएको मतदानमा साँझ ५ः४० सम्म १७ सय मत खसिसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

हाललाई बेलुकी ७ः३० बजेसम्मको समय तोकिएको भए पनि सो समयभित्र मतदान सम्पन्न हुनेमा आशंका बढेको छ । समय नपुगे थप्न पनि सकिने जनाइएको छ । 

दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ