arrow

मृत्युको औषधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
buddha-woman.jpg

श्रावस्ती नगरमा कृशागौतमी नामकी कन्या बस्थिन् । उनको वास्तविक नाम गौतमी थियो। काम गर्दा छिट्टै थाक थिइन् , त्यसैले उनलाई मानिसहरूले कृशागौतमी भनेर बोलाउने गर्थे । गौतमी युवावस्थामा प्रवेश गरिन्, विवाह गरिन् ।

गौतमी गरिब परिवारकी थिइन्, त्यसैले घरका परिवारले उनलाई उचित सम्मान दिएनन् । केही समयपछि गौतमीले छोरा जन्माइन् । अब घरमा उनको इज्जत थियो । तर सोचे भन्दा अर्कै भयो । गौतमीको हुर्किएर यता उता खेल्न योग्य छोरोको मृत्यु भयो ।

गौतमीले सोचिन्–छोरो जन्मनुअघि यो घरमा मेरो अपमान हुन्थ्यो । छोरा जन्मेपछि मानिसहरूले मलाई आदर गर्न थाले। तर अब यी मानिसहरूले मेरो प्यारो बच्चालाई कहाँ लगेर छोड्ने छन् ?

गौतमीले आफ्नो मृत छोरालाई काखमा लिएर घरघरमा औषधि माग्न थालिन् । मानिसहरूले ताली बजाएर हाँस्दै भने, 'पागल ! कतै मृत्युको औषधि पनि हुन्छ ।'

एक असल मानिसले गौतमीलाई धेरै दया आयो। उसले सोचे, यसमा यी बिचरीको गल्ती छैन । यी पुत्र बियो गमा पागल भइन्। भगवान् बुद्ध बाहेक कसैसँग यसको औषधि छैन। उसले भने, 'आमा ! तिमी भगवान् बुद्धकहाँ गएर सोध ।'

गौतमीले आफ्नो शिशुलाई आफ्नो काखमा लिएर बुद्ध बसेको ठाउँमा पुगिन् र नमस्कार गरिन्, 'महाराज ! मेरो छोरालाई औषधि दिनुस् ।'

तथागतले भने, 'तिमीले यहाँ आएर राम्रो गर्‍यौ। हेर, यो नगरमा कसैको मृत्यु नभएको घरबाट तोरीको दाना मागेर लेउ । त्यसपछि औषधी दिन्छु ।'
भगवान्को कुरा सुनेर गौतमी धेरै प्रसन्न भइन् र तोरीका दाना लिन निस्किइन् ।

उनी पहिलो घरमा गएर बिन्ती गरिन्, 'हेर, भगवान् बुद्धले मलाई तपाईँको घरबाट तोरी माग्न भन्नुभएको छ, हजुरहरू कृपा गरी तोरी दिनुहोस्।' गौतमीको यो कुरा सुनेर एक जना मानिसले हतार हतार घरबाट तोरीको दाना ल्याए र गौतमीलाई दिन थाले ।

गौतमीले सोधिन्, 'पहिले भन्नुस् यो घरमा कसैको मृत्यु भएको छैन ? यो सुनेर घरका मानिसहरू अचम्म मानेर भन्न थाले, 'गौतमी ! यो के भन्दै छौ ? यहाँ कति जना मरे त्यसको कुनै लेखाजोखा छैन?' गौतमी - 'त्यसो भए म तपाईँको घरबाट तोरी लग्दिन।'

गौतमी अर्को घरमा गइन् । जताततै एउटै जवाफ आयो । उनले बुझिन् सबै नगरमा यस्तै भएको हुनुपर्छ । उसले ध्यानमा आयो बुद्ध भगवान्ले मलाई जानाजानी तोरी माग्न पठाएको हुन सक्छ।

उनले आफ्नो मृत छोरालाई नगर बाहिरको आर्यघाटमा लगिन्। उनले छोराको हातमा समातेर भनिन्, 'प्रिय छोरा ! सोचेको थिएँ सायद तिमी एक्लै मर्न जन्मेका हौ । तर अब मलाई थाहा भयो मृत्यु सबैको लागि हो। जो जन्मन्छ एक दिन मर्नै पर्छ।

यति भन्दै छोरालाई घाटमा राखेर त्यहाँबाट उनी फर्किइन् । फर्किएपछि गौतमी बुद्धकहाँ गइन् । बुद्धले सोध्नुभयो, 'गौतमी ! तोरीको दाना पायौ? गौतमीले भनिन्, 'हे भगवान् ! अब तोरी आवश्यक छैन। त्यसको काम सकियो!'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ