arrow

म्याराडोना कपको उपाधि बोकालाई, बार्सा स्तब्ध   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
maradona-cup-222.gif

काठमाडौं । स्पेनिश क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टाइन फुटबल क्लब बोका जुनियर्स म्याराडोना कपको उपाधि जित्न सफल भएको छ । साउदी अरेबियामा भएको खेलमा बोकाले बार्सिलोनामाथि पेनाल्टी सुटआउटमा पराजित गरेको हो । 

महान् फुटबलर डिएगो म्याराडोनाको सम्झनामा दुई टिमबीच भएको मैत्रीपूर्ण खेलमा बोकाले बाजी मारेको हो । दुई टिमबीच निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत विजेताको टुंगो लगाइएको थियो । 

पेनाल्टीमा बोका जुनियर्स ४–२ ले विजयी भयो । खेलमा फेरन गुग्लाले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । जवाफमा बोकाका इचक्वेल सेवालोसले ७६ मिनेटमा बराबरी गोल गरे । 

उक्त खेल हेर्न सन् १९८६ को विश्वकप विजेता टोलीका परिवारका सदस्य तथा साउदी अरेबियाका विभिन्न क्लबका पदाधिकारीहरु आएका थिए । म्याराडोनाले सन् १९८१–१९८२ तथा १९९५ बोका जुनियर्सबाट खेलेका थिए । 

त्यसैगरी म्याराडोनाले सन् १९८२ देखि १९८४ सम्म बार्सिलोनाबाट खेलेका थिए । म्याराडोनाको गत वर्ष नोभेम्बर २५ तारिखमा हृदयाघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो । 



नयाँ