arrow

ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
oli-prachanda6.jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएका छन् । पूर्व राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भएको भनी अध्यक्ष ओलीले लगाएको आरोप प्रमाणित गर्न प्रचण्डले चुनौती दिएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, “म केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै  खण्डन गरेका छन् । 

ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झुटो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन् ।  साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ