arrow

हुम्लामा हावाहुरीको असर, हवाई उडान अवरुद्ध, लाखौँको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
humla-1620220975.jpg

सिमकोट । शनिवार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावतमा समेत निकै कठिनाइ भएको छ । 

बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । 

हावाहुरीका कारण नेपालगन्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य देखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगन्जमै रोकिएका हुन् ।

 यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पस भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

यसै गरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारीपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुन सकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्यधिक बढेको महसुस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ