arrow

एनआरएनए अधिवेशनका लागि पहल जारी, डेलिगेट्स विवाद समाधान गर्न छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
NRNAAA0.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) १०औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गरी महाधिवेशन सम्पन्न गर्न गठन गरिएको उच्चस्तरीय समितिमा निर्वाचनलाई कसरी निस्पक्ष बनाउने भन्ने बारे छलफल जारी रहेको छ। गत बुधबार गठित समितिको तेश्रो बैठक आइतबार बसेको थियो।

उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा.यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेका छन् । बैठकमा डेलिगेट्स विवाद समाधान गर्न विभिन्न मोडलहरुबारे छलफल भएको बताइएको छ।

सूत्रहरुका अनुसार डा.पण्डितले विधानको मर्म अनुसार संघका राष्ट्रिय समन्वय परिषदहरुलाई ६५ प्रतिशत डेलिगेट्स छनोट गरेर पठाउन भन्ने, उक्त सूचीमा दावी विरोध गर्न दिने र कोरिया बाहेकका मुलुकहरुमा २५ प्रतिशत सदस्यहरुको चुनाव गराउने प्रस्ताव राखेका थिए।  त्यसमा पनि छुटेका व्यक्तिहरुलाई अध्यक्षले मनोनयन गर्न उनले प्रस्ताव गरेका थिए।

यदि यस बाहेक सहमतिमा लिडरशिप छान्ने हो भने आफुहरु छलफल गर्न तयार रहेको उनले बताएको पनि सूत्रले जनायो। तर केन्द्रीय अध्यक्षका उम्मेदवार कुल आचार्यलाइ पद भागबन्डाको प्रस्ताव पठाउने पक्षले नै अहिले आचार्यले भागबन्डाको माग गरेको भन्ने झुठ्ठा प्रचार शुरु गरेको छ।

जीएनएनसंग कुरा गर्दै आचार्यले त्यस्ता झुट्ठा समाचारहरूबाट भ्रममा न पर्न संसारभरिका एनआरएनहरुलाई अपिल गरेका छन्।  अध्यक्ष कुमार पन्तद्वारा गत बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको भन्दै संवाद र सहमतिका लागि समिति गठन गरेको जनाएका थिए ।

प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिए पछि डिसेम्बर महिनामा गर्ने भनिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।-जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ