arrow

यात्रा संस्करण

देश निर्माणका लागि एक दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
one-day-for-country.jpg

काठमाडौं । कुनै ठाउँ विशेषको यात्रा मनोरञ्जनका लागि मात्र हुँदैन । त्यो यात्रा मुलुकका लागि पनि हुन्छ । समुन्नत देश निर्माण गर्ने एक अवधारणा निर्माणका लागि पनि हुन्छ । यहाँ यस्तै एक रोमाञ्चक यात्राको वर्णन गरिएको छ । यात्रा राजधानीको नक्सालबाट शुरु हुन्छ ।

No description available.

युवा समाजसेवी, नव उद्योगी, कलाकार, सुन्दरीहरूको समूह काठमाडौँबाट काभ्रेपलान्चोकको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिकाको नाग्रेतर्फ अघि बढ्छ । 'चौरी देउराली' नाम रहनुको पनि बेग्लै विशेषता छ । चौँरी थुमका भएको र चार वटा मुख्य देउरालीहरूसमेत रहेको हुँदा चौँरी र देउराली जोडेर सो गाउँपालिकाको नाम चौंरीदेउराली भएको हो ।

No description available.

यात्रामा १३ वटा स्कारपियो गाडीमा करिब ९० जनाको समूह त्यसतर्फ प्रस्थान गर्छ । यात्रामा रहेका धेरैजसो यात्राकै बारेमा बेखबर छन् । धेरै जना कहाँ जाने र केका लागि जाने भन्नेमै जानकार छैनन् । तर पनि यात्रा तय भएको छ । यात्रा बनेपा हुँदै दोलालघाट पुग्छ । त्यहाँ पुग्दा दिउँसोको २ बजेको छ । भोकले खरिएका यात्रुहरु भोजन गर्छन् । दोलालघाटस्थित सुनकोशीको किनारामा पुगेर रमाइलो पनि गर्छन् । हाँसीमजाक गर्छन् ।

No description available.

भोजनपछि सबै गाडी एकैसाथ लावालस्कर लागेर सुनकोशीको बाटो र मध्यपहाडी लोकमार्ग हुँदै अघि बढ्छ । कच्ची बाटोमा गाडीको लस्कर हेर्न स्थानीयहरू बाहिर आउँछन् । नयाँ स्थानमा पुगेका स्वयंसेवक खुशी देखिन्छन् तर पुग्नु पर्ने कहाँ हो त्यो भने अन्यौलमै रहन्छन् । चौरी देउराली गाउँपालिका नजिक कालो चितुवा देख्नेहरू पनि छन्  । यात्रामा कालो चितुवाको खुबै चर्चा चल्छ ।

काठमाडौं-दोलालघाट हुँदै करिब एक सय किलोमिटरको विकट पहाडी मार्गको यात्रा गर्दै युवा स्वयंसेवकहरूको समूह ठाउँ ठाउँमा रोक्दै करिब ८ बजेतिर यात्रीहरू गन्तव्यस्थल नाग्रे पुग्छन् । स्थानीयहरू स्वागतका लागि अबिर र फुल लिएर बसेका छन् । स्वागतसँगै स्थानीय गुम्बामा उनीहरूको लागि भोजनको व्यवस्था हुन्छ । साथै स्थानीय नृत्य तथा बारेम्बेक्यूको व्यवस्था हुन्छ। महिला र पुरुषका लागि बेग्लाबेग्लै टेन्टको व्यवस्था छ । त्यो रात टेन्टमै कटाउँछन् । खुल्ला आकाशमुनिको टेन्टको बास यात्रुहरूले अविस्मरणीय मान्छन् ।

No description available.

स्वयंसेवकको रूपमा सहभागिता जनाउनेहरूमा सञ्चारकर्मीदेखि कोरियोग्राफरसम्म, मोडलदेखि गायकसम्म तथा समाजसेवीदेखि चिकित्सकसम्म थिए । उनीहरू उत्साहित हुने एउटा विशेष कारण पनि थियो  'देशको लागि दश लाख घण्टा श्रमदान, हाम्रो अभियान' भन्ने नारा । यो नारासहितको अभियान मन नपराउने र उत्साहित नहुने कुरै थिएन । 

No description available.

लोकप्रिय र्‍याप गायक निर्णय श्रेष्ठको अगुवाइ र युवा समाजसेवी विजय खड्काको सक्रियतामा तयार भएको यात्रा थियो । शनिबार (पुस ३ गते) काभ्रेको नाग्रेस्थित रजवास गाउँमा आयोजना हुने सामाजिक अभियान 'मिलियन आवर च्यालेञ्ज देशका लागि एक दिन' मा श्रमदानका लागि युवा स्वयंसेवकहरू त्यहाँ पुगिरहेका थिए ।

No description available.

 

मिलियन आवर च्यालेञ्ज' कार्यक्रमका लागि शुक्रबार राति नाग्रे पुगेका युवा-स्वयंसेवकहरूमा सञ्चारकर्मी, कलाकार, शिक्षक, समाजसेवी, योग गुरु, गायक, गायिका, मोडलदेखि राजनीतिककर्मीहरु समेत थिए । शनिबार बिहान योग प्रशिक्षक डा. चिन्तामणि गौतमले सहभागी सबै स्वयंसेवकहरूलाई करिब एक घण्टाको योग प्रशिक्षण दिए ।

May be an image of 12 people, people standing and outdoors

योग प्रशिक्षण पश्चात् मिलियन आवर च्यालेञ्ज अन्तर्गत 'वन डे फर नेशन' का लागि स्वयंसेवकहरू आफूलाई छुट्टाइएको क्षेत्रमा खटिए । नेतृत्व लिएका समाजसेवी गायक निर्णय श्रेष्ठ तथा कार्यक्रमका संयोजक विजय खड्काले काठमाडौँबाट गएका स्वयंसेवकहरूलाई विभिन्न १३ वटा समूहमा विभाजन गरे । ती १३ वटा समूहका लागि विभिन्न चार वटा काम सुम्पिइयो । प्रत्येक तीन-तीन समूहलाई पुनः एक समूहमा राख्दै ती चार वटा काम छुटाइएको थियो । बिहान करिब ११ नबज्दै चार वटै समूह नाग्रेको राजबाश गाउँका कुना-कुनासम्म पुगिसकेको थियो । रातो रङ्गको 'मिलियन आवर च्यालेञ्ज' लेखेको टिसर्ट लगाएका स्वयंसेवक युवायुवतीहरू आफ्नो कामको ठाउँमा पुगे ।

No description available.

एक समूह स्थानीय चौतारोको सरसफाइ गर्न खटियो । अर्को समूह स्थानीय तामाखानी प्राथमिक विद्यालय पुगेर सरसफाइमा खटियो । तेस्रो समूहले स्थानीय नदीमा निर्माण भएको झोलुङ्गे पुल तथा आसपासका क्षेत्रको सरसफाइ गरे । त्यस्तै सहभागी समूहले भने नाग्रेमै निर्माणाधीन अवस्थामा रहेको डे केयर सेन्टरको परिसर सरसफाइ गरेका थिए । 'हामी झन्डै सय जनाको समूहले काभ्रेको यो दुर्गम गाउँदा केही घण्टा श्रमदान गर्दा केही न केही परिवर्तनको अनुभूति स्थानीयहरूले समेत गरेका छन् ',अभियानका नेतृत्वकर्ता मध्येका एक गायक निर्णय श्रेष्ठ भन्छन्  'देशका लागि महत्त्वपूर्ण एक घण्टा देशका लागि दिन सकियो भने समाज आफैँ बन्छ ।'

No description available.

 

यो अभियानका नेतृत्वकर्ता विजय खड्का भन्छन्- 'काभ्रेको नाग्रे राजधानीबाट केही घण्टाको दुरीमा भए पनि यो ठाउँ बत्ती मुनिको अँध्यारो जस्तो छ । विद्यालय छ । विद्यार्थी छैनन् । डे केयर सेन्टर छ । भौतिक पूर्वाधार छैनन् । यो गाउँमा विकास गर्नुपर्ने धेरै कुराहरू छन् । मिलियन आवर च्यालेञ्ज कार्यक्रमले त्यसको थालनी गरेको छ, यसलाई हामी भविष्यसम्म पनि निरन्तरता दिइरहने छौं ।'

विभिन्न समूहमा विभाजन भएका स्वयंसेवकहरू दिउँसो दुई नबज्दै आफूले जिम्मा लिएको कार्य सम्पन्न गरेर पुनः एकै ठाउँमा भेला भए । स्वयंसेवकहरू भेला भइरहेकै स्थानमा सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न केही दिनअघि मात्रै नियुक्त भएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा नाग्रेकै स्थानीय बासिन्दा रत्नप्रसाद ढकाल आइपुगे । 'हाम्रो गाउँमा आएर विकास, निर्माण, सरसफाइ लगायतका कार्यमा सामाजिक अभियान सञ्चालन गरिदिनु भएकोमा हार्दिक धन्यवाद गर्दछु, मन्त्री ढकालले भने, 'काठमाडौँबाट कष्टकर यात्रा गरेर यो दुर्गम गाउँसम्म आइपुग्नु भएका यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।'

No description available.

यो अभियानलाई सफल बनाउन नाग्रेका स्थानीय बासिन्दा सुमन लामाको विशेष योगदान रहनुका साथै दिनेश लामा (वडा अध्यक्ष), ब्रजेश लामा, अर्पण उत्कर्ष, टेकराज मोक्तान तथा दिल बहादुर लामा (अशोक)को उल्लेखनीय योगदान रहेको आयोजक संस्थाले जनाएको छ ।

May be an image of one or more people, people standing and text that says 'MILLIC MILLIO HOLN LION MILLIC HOUR ilion Hour Challenge ACCEPTED ock is Ticking, Make Difference'

अभियानमा सेफ्स एसोशिएसन अफ नेपालले समेत सहकार्य गरेको छ । यो संस्थाले निःशुल्क रूपमा अभियानमा आबद्ध स्वयंसेवक तथा पदाधिकारीहरूका लागि खानपिन व्यवस्था गरिदिएको थियो । यसका साथै अभियानमा एड्भान्चर पार्टनरको रूपमा एड्भान्चर स्टेप्स नेपाल (सबिन महर्जन र अमित कर्माचार्य), हस्पिटालिटी पार्टनरको रूपमा ठमेलमा रहेको होटेल ओएसिस, फुड पार्टनरको रूपमा सेफ्स एसोशिएसन अफ नेपाल तथा एजुकेशन पार्टनरको रूपमा निर्णय एनएसके टुर फर एजुकेशन रहेका थिए भने रमेश गौतमले यातायात व्यवस्थाको संयोजन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ