एमाले सासंदहरुको नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत, अर्को बैठक पुस ७ गते बस्ने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
1k
Shares
काठमाडौं । एमाले सांसदहरुको अवरोधका बीच अघि बढेको मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अर्को बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार एमाले सासंदहरुको नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत भएका छन् ।
बैठकमा कानून मन्त्री दिलेन्द्र बडूले पेश गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ स्वीकृत भएको छ ।
दुवै अध्यादेश अस्वीकृत गर्न नेमकिपाका प्रेम सुवालले पेश गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएको छ । एमालेले आफ्ना सांसदलाई कारबाही गरेको सूचना सभामुखले प्रकाशित नगरेर पार्टी विभाजनमा सहयोग गरेको भन्दै निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएको छ ।