arrow

पोखरेललाई हाम्राकुरामा कार्यकारी सम्पादकको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
ajayababu-shiwakoti-som-raj-pokharel.jpg

काठमाडौं । युवा पत्रकार सोमराज पोखरेलले हाम्राकुरा डट कममा कार्यकारी सम्पादकको जिम्मेवारी पाएका छन् । उनलाई इन्टर इन्फरमेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी (ईआईसीटी) नेपालका अध्यक्ष अजयबाबु शिवाकोटी र कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईले स्वागत गरे । 

पोखरेललाई स्वागत गर्दै ईआईसीटी नेपालबाट संचालित हाम्राकुराका संस्थापक प्रधानसम्पादकसमेत रहेका शिवाकोटीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन् । उनले पोखरेललाई स्वागत गर्दै अब आफू मिडिया संचालकमात्र रहेको र राजनीतिमार्फत जनसेवामा लाग्ने बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित शिवाकोटीले राजनीतिमा प्रवेश गरेसँगै उम्मेदवारी दिनुअघि सम्पादकीय भूमिकाबाट अलग्गिने घोषणा गरेका थिए । 

अढाइ दशकदेखि पत्रकारिता गरिरहेका पोखरेल झण्डै दुई दशक ईमेज ग्रुप अफ कम्पनिजमा डेस्क सम्पादकका रुपमा कार्यरत थिए । पत्रकारिताका स्नातकोत्तर पोखरेलसँग छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा काम गरेको अनुभव छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ