arrow

एमाले सांसदहरुको नाराबाजीकाबीच सभामुखले सदन अघि बढाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
samsad-amale.JPG

काठमाडौं । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । तर नाराबाजीका बीच सभामुख सभामुख अग्निप्रसाद सापकोटाले सदन अगाडि बढाएका छन् ।

बुधबारको बैठकमा १० वटा कार्यसूची तय गरी ४ वटा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो । तर नाराबाजीकैबीच राष्ट्रपतिको कार्यालयको पत्र सभामुखले कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए ।

त्यस्तै प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गरे । 

त्यस्तै गृह मन्त्री बालकृष्ण खाँणका तर्फबाट संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे । 
 



नयाँ