एमसीसी सम्झौता गर्नेहरु देशघाती र देशद्रोही हुन : प्रेम सुवाल
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
812
Shares
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग दोहोर्याएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका हुन् ।
उनले भने,‘एमसीसी सम्झौतामा नेपालको विजुली भारत हुँदै सिंगापुर लैजाने भन्ने छ । सम्झौताको अनुसूची ५ (क)मा गोर्खपुरसम्म प्रशारण लाइन तान्ने भन्ने छ । अमेरिका र नेपालको सम्झौतामा नेपालको विजुली गोरखपुरसम्म तान्ने कहाँबाट आयो ?’
उनले एमसीसी सम्झौता कुनैपनि देशभक्तले यस्तो देशघाती सम्झौता गर्न नसक्ने उल्लेख गर्दै एमसीसी सम्झौता गर्ने देशघाती र देशद्रोही नै भएको दाबी गरे ।
मंगलबारको बैठकमा बोल्दै उनले ‘एमसीसी अमेरिकी सहयोग होइन विष जस्तै हो,’ उनले भने, ‘यो सम्झौता गर्नेले राष्ट्रघाति काम गरेका छन्। एमसीसी खारेज हुनुपर्छ।’ एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने बताए ।