arrow

काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
carabao-cup-2021.jpg

काठमाडौँ। आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ। चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो। सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो।

दुवै सेमिफाइनल खेल  होम एण्ड अवेका आधारमा जनवरीमा हुनेछ।

आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो। पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो।

यता, टोटनहमले वेष्ट हाम युनाईटेडलाई २–१ अन्तरले पराजित गर्‍यो भने चेल्सीले ब्रेन्टफोर्डलाई २–० अन्तरले पराजित गर्‍यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ