arrow

सुदूरपश्चिम पहिलो पटक राष्ट्रपति रनिङ शिल्डमा टिम च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
rastrapati-running-shield-f.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेश केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक च्याम्पियन बनेको छ । काठमाडौँमा सम्पन्न १४ औं रनिङ शिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन बनेको हो । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्य जित्यो ।
    
बागमती १७ स्वर्ण, १३ रजत र १५ कास्यकासाथ दोश्रो भयो । तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कास्य हात पार्यो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो । 

अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कास्यका साथ पाँचौँ स्थानमा रह्यो । 

सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौँ तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौँ भए ।
    
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र–छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र–छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र–छात्रामा समान १–१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ