arrow

प्रधानसेनापति ह्विलचियर बास्केटबलमा  सशस्त्र र स्पोर्टस एसोसिएसन पहिलो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
army-wheel-chair.jpg

काठमाडौँ । नेपाली सेनाको आयोजनामा प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सेनाको आयोजनामा सैनिक पुनःस्थापना केन्द्र भण्डारखालमा आयोजित प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल ह्विलचियर क्लब प्रथम र महिलातर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम भएका छन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब दोस्रो भए भने महिलातर्फ स्पाइनल कर्ड इन्जुरी नेटवर्कले दोस्रो स्थान हासिल गरेका छन् । यसैगरी, पुरुषतर्फ नै स्पाइनल कर्ड इन्जुरी नेटवर्क तेस्रो भए । महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्टस क्लबले तेस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथम टोलीलाई जनही रु २० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र, दोस्रो टोलीलाई जनही रु १५ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र र तेस्रो टोलीलाई जनही रु १० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा विजेता टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले पुरस्कार वितरण गरेका थिए । सेनाले अपाङ्गता भएकालाई हौसला प्रदान गर्न पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरिएको बलाधिकृत रथी सिग्देलले बताए । 

प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ टोलीको सहभागिता थियो । सहभागी टोलीलाई हौसला प्रदान गर्नका लागि जनही रु पाँच हजार नगद प्रदान गरिएको छ । 

कार्यक्रममा अपाङ्गता भएका खेलाडीले सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ