arrow

कलियुग अन्तिम अवस्थामा पुगेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
rajbidhya.PNG

काठमाडौं । कलियुग अन्तिम अवस्था पुगेको बताएका छन् । राजविद्याको अभ्यास गराउने ऊँ शान्तिका योगीहरूले कलियुग अन्तिम अवस्थामा पुगेर सत्ययुगमा प्रवेश गर्न लागेको बताएका हुन् । 

 रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले विश्व तथा देशभर मानिसहरूमाथि अत्याचार र अन्याय भएको भन्दै दुःख र अशान्ति मेटाउने तरिका परमात्माले मात्रै सिकाउने बताए । 

उनले परमात्मा भगवान् गीताको दाता, शान्तिको दाता र आत्माको परिचय भएको सुनाए । उनले भने,‘मानिसहरूले निधारमा टिका लगाउनुको अर्थ आत्मा त्यही हुन्छ भन्ने हो । शरीरभित्र हुने आत्मा हो । परमात्मा निराकार हुनुहुन्छ ।’ निधारको बिचमा हुने आत्मालाई कसैले देख्न नसकिने उनले बताए । 

‘मन, बुद्धि र संस्कार गरेर आत्माको ३ भाग हुन्छन्, हाम्रो शरीरमा आत्मा रहन्छ । आत्मा विना शरीर चल्न सक्दैन । आत्मा निस्केपछि मानिस मर्छ । ३ लोकहरू पृथ्वी, ब्रह्म, विष्णु हुन् ।’ उनले भने । ‘परमधामबाट हामी यहाँ आएका हौ । संसारको सबै आत्माहरू परिवर्तनशील छन् । संसार विनाशतर्फ अगाडि बढिरहेको छ ।’

नेपालमा जातीय द्वन्द्व बढिरहेको आरोप लगाउँदै संसारमा कुनै जात नभई केवल मानिस मात्रै हुने उनको भनाई थियो । ईश्वरी आचरणमा जन्मिनेलाई ब्राह्मण भनिने उनले उल्लेख गरे । मानिसको वर्गीकरण जातीय नभई आचरणको आधारमा हुनुपर्नेमा उनले जोड दिए ।  जो कोहीलाई पनि ब्राह्मण बन्ने अवसर ईश्वरी विश्वविद्यालयले मात्र दिने उनको भनाई थियो । मानिसहरूले आफ्नै परात्मालाई नचिनेको हुनाले त्यसैमा रुमलिएको उनको आरोप थियो । देशमा भइरहेको जातीय द्वन्द्वको अन्त्य ईश्वरी विद्यालयले मात्रै गर्न सक्ने उनले बताए । 

सम्पूर्ण मानिसहरू सुख र शान्ति लिन चाहेमा वा दुःखबाट मुक्ति पाउनको लागि आफ्नो विश्वविद्यालयमा आउन पनि उनले सुझाव दिए । उनले भने,‘पहिलो अज्ञानता भनेको आँ फैले आफ्नो आत्माको बारेमा नजान्नु हो ।’ 

मानिसहरूलाई ज्ञानको बारेमा जानकारी नहुँदा सबैभन्दा संसारमा धेरै दुःख भएको उनको भनाई थियो । उनले भने,‘अज्ञान र अन्धकार हटाएर सबैसँग मिलेर बस्न र द्वन्द्व भएको विषयमा ज्ञान दिने भनेको परमात्मा नै हो । परमात्माले नयाँ संसारको आधा संसार देखिसक्नु भएको छ ।’ 

शिव भगवान् नै संसारको रचयिता भएको उनले बताए । उनले भने,‘विष्णु भनेको लक्ष्मी नारायण भगवानको प्रतीक हुन् ।’ पृथ्वीमा सृष्टिको आयु ५ हजार वर्षको हुन्छ भन्दै उनले ५ हजार वर्ष पछि नयाँ इतिहास परिवर्तन हुने बताए । अब सृष्टि परिवर्तन हुने क्रममा रहेको बताउँदै कलियुगको अन्त्य हुन लागेको बताए । उनले भने,‘अब परमात्माको ज्ञान लिएपछि मात्र सत्ययुगमा प्रवेश गर्न लायक हुनेछौ । सत्ययुगको १२५० वर्ष आयु रहनेछ । द्वापर युग पनि १२५० वर्ष रहन्छ ।’ 

उनले मनलाई शान्ति राख्न र सम्पूर्ण समस्या हटाउन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रअन्तर्गत ईश्वरी विश्वविद्यालयमा पुगेर ७ दिनको कोष लिनसमेत आग्रह गरे । विश्वविद्यालयले ७ दिनको कोषमा सामान्य ज्ञान दिने उनले बताए । उने परमात्मा सबै आत्माको भगवान् भएको जिकिर समेत उल्लेख गरे । उनले ईश्वरी विश्वविद्यालयको केन्द्रीय कार्यालय ठमेलमा रहेको जनाए । यो संसार परिवर्तनशील छ भन्दै उनले यो संसार अब वैष्णव हुने पनि बताए। 

राजयोगका सदस्य रमेश थापाले नेपालमा ब्रह्मकुमारीको १ हजारभन्दा बढी संस्थाहरू रहेको जानकारी दिए । उनले पनि कलियुगको आयु लाखौँ वर्ष भए पनि अब युग परिवर्तन हुन लागेको बताए । उनले भने,‘संसार परिवर्तनशील छ, बच्चा, युवा र वृद्धा हुँदै मरेर फेरी जन्म लिन्छौँ । त्यस्तै सृष्टिको पनि प्रक्रिया हुन्छ । सृष्टि पनि परिवर्तन हुन्छ ।’

संसारको हालत अहिले कुम्भकर्णजस्तो भएको आरोप लगाउँदै उनले भने,‘संसार अहिले निन्द्रामा सुतिरहेको छ । कलियुग अब बच्चा छैन, अब यो केही वर्ष मात्र रहन्छ। कलियुग अन्तिम अवस्थामा पुगेको छ ।’

मानिसहरूमा भएको लोभ, लालच र पापको कारण आज संसारभर समस्या भएको उनले सुनाए । आत्मालाई सक्रिय बनाउन परमात्मासँग कनेक्सन गर्न आवश्यक रहेको उनको भनाई थियो । घर, परिवार र आफन्तलाई छाडेर परआत्माको ज्ञान लिन उनले सबैलाई आग्रह गरे । उनले भने,‘आत्मा एक अजर, अमर र अविनाशी रहेको छ ।’ 



नयाँ