लोकतन्त्र स्थापित गर्न मुख्य भूमिका खेलेको पार्टी हाम्रो हो- नारायणकाजी श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
697
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले लोकतन्त्र स्थापनामा प्रमुख भुमीका आफ्नो पार्टीले खेलेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, हाम्रो पार्टी त्यो पार्टी हो जसले लोकतान्त्रिक गणतन्त्र, समावेशी करण, संघीयता, धर्मनिरपेक्षता, जस्ता एजेण्डाहरुलाई अगाडि बढाएर नेपाली समाजमा नेपालको आन्दोलनमा नेपालको अहिलेको लोकतन्त्र स्थापित गर्न प्रारम्भमा अगाडि राखेर र पछाडिसम्म महत्वपूर्ण भुमीका खेलेको पार्टी हो मुख्य भुमीका खेलेको पार्टी हो ।
यो कुरालाई कसैले नकारार्न सक्ने अवस्था नरहेको उनले बताए । उनले अघि भने, यो कुरालाई कसैले पनि नकार्न सक्ने स्थिती छैन । निश्चितरुपमा हामी सबै नमिलेको भए संघिय लोकतान्त्रिक गणतन्त्रको समाजवादउन्मुख समावेशी लोकतन्त्र संस्थागत हुन सक्दैनथियो भन्ने कुरा सत्य हो ।
नेता श्रेष्ठले अघि भने, तर यो एजेण्डाहरुलाई अगाडि बढाउने र त्यसलाई स्थापीत गर्ने प्रमुख भुमिका खेलेको प्रमुख पार्टी हाम्रो पार्टी हो । हाम्रो पार्टीको आह्वानमा हजारौं, हजारौं कार्यकर्ताले, हजारौं समर्थकहरुले आफुलाई हामे र साहदत प्राप्त गरे ।
त्यो हजारौं सहिदहरुले पनि र हाम्रो एजेण्डाको कारणले पनि यो परिवर्तनलाई सामाजिक आर्थिक रुपान्तरणको दिशातिर लैजान, समृद्ध नेपाल बनाउन र समाजवादको आधार तयार पार्न र त्यसपछि समाजवादको दिशातिर जान सबभन्दा बढी जिम्मेवारी हाम्रो छ भन्नेक कुरामा हामीलाई बोध भएको छ ।