- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा आइतबार कलाकारले गीत गाउँदा नृत्य गर्दै उपस्थित कार्यकर्ताहरु जोसिएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।
नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।