arrow

ओली र प्रचण्डबीच खुलेकै हो त बोलीको गाँठो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
prachanda-oli.png
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलीको गाँठो फुकेको छ । लामो समयदेखि दुवैले आपसमा संवाद गरेका छैनन् । 

तर आज भने उनीहरुबीच कुराकानी भएको छ । यसको खुलासा स्वयं प्रचण्डले गरेका छन् । माओवादी केन्द्रको आजबाट शुरु भएको महाधिवेशनअघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आज बिहान फोन गरेको प्रचण्डले जानकारी दिएका छन् । ‘मैले उहाँलाई फोन गरेको थिएँ, प्रचण्डले भने, ‘झापामा हुनु हुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थेँ भनेर भन्नुभयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहालेँ भन्नुभयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन । यो कुराकानीले अवरुद्ध संसद खुल्ने आशा धेरैमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ