arrow

दार्चुलामा विद्यालय जान्छु भनी हिँडेकी बालिका बेपत्ता

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ पुष १२ सोमबार
darchula.jpeg
फाइल तस्बिर

दार्चुला । दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता भएकी छन् । आइतबार बिहान घरबाट विद्यालय जान्छु भनी हिँडेकी मार्मा गाउँपालिका-३ रिल बस्ने १५ वर्षीया बालिका ईश्वरी धामी सम्पर्कविहीन भएकी हुन् ।

वडा नम्बर-३ स्थित लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा अध्ययनरत छात्रा परिवारजनसँग सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

ईश्वरी धामीको खोजीको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरी कहाँ निवेदन दिएका छन् । बेपत्ता भएकी धामीको खोजीमा जुटेको तर कहीँ कतै पत्ता लाग्न नसकेको विद्यालयका लेखापाल दिनेश बहादुर सिंहले जानकारी दिए ।

 ‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौँ, प्रहरी चौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन ।’ लेखापाल सिंहले भने , “खोजी अझै जारी छ तर फेला पार्न सकिएको छैन ।" 

बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनावमा रहेको पनि उनले जनाए । बेपत्ता भएकी धामी लटिनाथ मावि रस्कोटमा कक्षा ५ मा अध्ययनरत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ