arrow

डोवाटे विकलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Dobata Bk.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहतको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिने तयारी गरेका छन् ।

यसका लागि सोमबारको मन्त्रीपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको बताइएको छ । 

मन्त्री विकलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको बताइन्छ । योसँगै गण्डकीमा मन्त्रालयको सङ्ख्या १२ पुग्नेछ ।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । संविधानले कुल प्रदेशसभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । 

मुख्यमन्त्री पोखरेलले डोवाटेलाई गत असोजमा मन्त्री बनाएका थिए । 

विक दुई महिनादेखि विना विभागीय मन्त्रीको रूपमा रहँदै आएका छन् । 

आन्तरिक मामिलालाई प्रदेशको गृह अर्थात् शक्तिशाली मन्त्रालयको रूपमा लिइन्छ ।

मन्त्री विक कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा भने पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ