arrow

लिङ्देनको कमल थापालाई कटाक्ष : राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १२ सोमबार
received_458564859343511.gif

नवलपुर । राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले राजाको विरोध गरेर राजनीति गर्ने दिन अब नरहेको बताएका छन् ।

नवलपुरको कावासोतीमा राप्रपा गण्डकी प्रदेशको विस्तारित बैठक अगाडि आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

आफ्नै पार्टीका पुर्व अध्यक्ष कमल थापाको नाम नलिई कटाक्ष गर्दै लिङदेनले भने "राजनीतिको यो तहमा आइसकेका नेताहरू अहिले  अहिले पनि राजाको विरोध गरेका गरेर राजनीति गरेका छन्, तर उनीहरूलाई थाह छैन राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो अब ।"

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गणतन्त्रलाई आत्मसात् गरेका कांग्रेस एमाले माओवादी जस्ता दलहरूले भ्रष्टाचारलाई संस्थागत गरेकै कारणले राजनीति प्रति आमजनतामा वितृष्णा पैदा भएको आरोप लगाए । "ठुला भनिएका दलहरू सँग देश र जनताको हित गर्ने एउटा पनि एजेन्डा छैन, देश जोगाउने एक मात्रै एजेन्डा राजसंस्था र हिन्दु राज्य हो, यो बोकेर राप्रपा अगाडी बढेको छ,"   लिङदेनले भने ।

०६२/६३ को जनआन्दोलनको नाउँमा कांग्रेस, माओवादी, एमाले लगायतका दलले जनचाहाना विपरीत हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाउँदै लिङदेनले नेपाललाई सिक्किमीकरणबाट जोगाउने एउटा मात्रै बाटो भनेको हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना भएको बताएका छन् ।

आमसभामा राप्रपाका केन्द्रीय र प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ