arrow

एसिया कप क्रिकेटमा कुवेतविरुद्ध नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ । यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

समूह बी मा रहेको नेपालले यसअघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । सान्त्वना जितको आशासहित मैदानमा उत्रिएको नेपालले आक्रामक खेलिरहेको छ । 

२७ रन जोड्दा ३ विकेट गुमाएर कमजोर शुरुआत खेलेको नेपालका लागि चौथो विकेटका लागि बसिर अहमद र विवेक मगरले उत्कृष्ट साझेदारी गरेसँगै सुधारोन्मुख प्रदर्शन गरिरहेको छ । 

नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको थियो । 

यो समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ