arrow

देशभर वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातः नियमित उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
simkot-himpat.jpg

काठमाडौं । केही दिन यतादेखि देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुहार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको र देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् ।

पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु/कुहिरो लागेको छ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले सामाजिक संजालमार्फत जनाएको छ ।

बर्षा हुन थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाडौं, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ ।

उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको हो ।

मौसम खराबीले दुबैतर्फका उडान प्रभावित बनेको हो । विमानस्थल स्रोतका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ