arrow

शिवाकोटीले महासचिवको माइन्यूट ओझालाई बुझाए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
press-union-2078-pus-13.jpg

काठमाडौं । नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हालेका छन् । युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उनलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गरे । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहेका उनी हाल राष्ट्रिय समाचार समिति (रासस) को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत छन् । 

पत्रकारितामा स्नातकोत्तरओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ