arrow

फुबदोजी शेर्पाको पुस्तकमा शैलुङको चित्रण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
sailung5.jpg

रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक, जैविक र धार्मिक हिसाबले महत्वपूर्ण स्थान हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यो स्थानमा घुमघामको गन्तब्य पनि हो । अथाह संभावना र सुरम्य प्रकृति भएको शैलुङ भित्रको वास्तविकता ‘प्रकृतिका धनी शैलुङ र भेडी गोठ-चौरी गोठ’ नामक पुस्तकले छर्लङ्ग पारेको छ ।

ट्रेकिङ व्यवसायी फुबदोजी शेर्पाले अथक मेहेनत गरेर शैलुङको चित्रण गरेका छन् । शैलुङको हावापानी, सम्पदाहरु, चौरी र भेडी गोठको अवस्था, सुरम्य र हरियाली डाँडाहरु, जडिबुटी एवम बनस्पतिलगायतको सविस्तार व्याख्या पुस्तकमा गरिएको छ । स्थानीयबासी समेत रहेका फुबदोजीले शैलुङको परिचय पुस्तकमा उतारेर पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएका छन् ।

लेकाली हावापानीका साथमा हिमाली दृश्यहरु मजाले नियालेर आनन्द लिन सकिने यो स्थान हिउँ खेल्न जानेहरुको घुइँचो नै लाग्ने गर्छ । लालिगुराँस र चिमल फुल्ने समयमा झनै मनमोहक देखिने शैलुङ्लाई लेखकले सविस्तार चित्रण गरेर न्याय गर्ने प्रयास गरेका छन् ।

रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवामा जन्मिएका फुबदोजि शेर्पाले सन् २०११ मै शैलुङ चिनाउन ‘प्रकृतिका धनी शैलुङ’ प्रकाशित गरेका थिए । त्यसकै बिस्तृत रुपमा ‘प्रकृतिका धनी शैलुङ र भेडी गोठ-चौरी गोठ’ पुस्तक ल्याएका हुन् । पर्यटन क्षेत्रमा केही गरौं भन्ने भावना बोकेका उनी त्रिभुवन विश्वविद्यालयबाट एपीएका स्नाकोत्तर समेत हुन । आफ्नै खर्चमा प्रकाशित पुस्तकको सल्लाहकारका रुपमा लेखक तथा कांग्रेस नेता लाओश राईले भूमिका निर्वाह गरेका छन् । 

१२५ रुपैंयाँ मूल्य कायम गरिएको पुस्तकभित्र शैलुङ् भित्र पर्ने सम्पदाहरु डाँफे ढुंगादेखि जुरे ढुंङ्गासम्म र खोलाखर्क देखि कालापानी साथै सातधारासम्मको परिचय समेटिएको छ । पुस्तकभित्र शैलुङमा पाइने विभिन्न किसिमका च्याउहरुको पनि बर्णन गरेको पाइन्छ ।

जनावर, पंक्षी, जात्रादेखि त्यहाँका संभावना र विशेषताहरुलाई पनि समेट्ने प्रयास गरिएको छ । ३६ पृष्ठको पुस्तकभित्र आकर्षक तस्वीरले थप प्रमाणहरु जुटाउन सहयोग पुर्याएको छ । वास्तवमा पुस्तक शैलुङको ऐनाका रुपमा प्रकाशनमा आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ