arrow

नेपाल-भारत जोड्ने झोलुङ्गे पुलमा विप्लवको ताला, प्रहरीले तोड्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
tala.JPG

दार्चुला । नेपाल-भारत जोड्ने खलङ्गा झोलुङ्गे पुलमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) दार्चुलाले लगाइको ताला प्रहरीले तोडेको छ ।  नेपालप्रति भारतीय हेपाहा प्रवृत्ति ज्यादै बढेको भन्दै विप्लव कार्यकर्ताहरूले बुधवार बिहानै पुलको नेपालतर्फको गेटमा ताला लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले बिहान सात बजेतिर पुलमा ताला लगाइएको बताए । भारतीय बजारमा नेपाली रुपैयाँ अवमूल्यन, भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयले नेपालीलाई अनावश्यक दुःख दिने गरेको र दुबै देशको सहमतिमा सीमा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने भए तापनि एकलौटी पुनः नदीमा तटबन्ध निर्माण गर्न उद्धत देखिएको भन्दै पार्टीले विज्ञप्ति नै निकाली विरोध गरेको छ ।

उक्त स्थानमा विप्लवले विज्ञप्ति टाँसेको छ । बिहान विप्लवले ताला लगाए पनि पुल खुल्ने समयमा प्रहरीले उक्त ताला तोडेको हो । अहिले पुलमा नियमित आवतजावत भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ