- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरूलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
बुधबार राष्ट्रिय योजना आयोगले जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।
जानकारीको अभावमा प्रदेश तथा स्थानीय सरकारले सम्पूर्ण तथा विशेष अनुदान पर्याप्त मात्रामा प्राप्त गर्न नसकेको तर्क राख्दै मुख्यमन्त्री राउतले सम्बन्धित अधिकारीहरूले प्रक्रिया बारे पोख्त हुन निर्देशन समेत दिए।
राजनीति नेतृत्व भन्दा राष्ट्रसेवक कर्मचारीहरूलाई यस विषयहरूमा सजग हुनु पर्नेमा जोड दिनुपर्ने भन्दै मुख्यमन्त्री राउतले जानकारीको अभावमा प्रदेशको विकास पछाडि परे जनताले माफ नगर्ने जिकिर गरे।
सङ्घीय सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको गुनासो गर्दै मुख्यमन्त्री राउतले बजेटको बाँडफाँड जनसङ्ख्या, एचडिआई र बहु आयामिक गरिबीलाई आधार बनाएर गर्नु पर्ने माग समेत गरे।