- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
गुरुङ समुदायको नयाँ वर्ष तथा २६०६औं तमु ल्होसारको अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले विविधताको संरक्षण गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्,‘देशमा ठाउँ/समुदाय विशेष अनुसार फरक/फरक भाषा, धर्म, संस्कृति, भेषभुषा रहेका छन् जुन हाम्रो पहिचान पनि हो । यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो। तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै जानुपर्छ।’