arrow

महेन्द्र राजमार्ग अझै सञ्चालनमा आएन

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १५ बिहिबार
269959064_964249854507096_5523744616605420692_n.jpg

नवलपुर । पूर्व-पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डको खरकट्टामा मंगलबार रातीदेखि अवरुद्ध सडक अझै सन्चालनमा आउन सकेको छैन ।

मंगलबार रातीदेखि लगातार परेको झरीले कावासोतीको खरकट्टामा डाईभर्सनमा क्षती पुगेपछि सडक अवरुद्ध भएको थियो । लगातार परेको झरीले हिलाम्य भएको डाईभर्सनमा सवारी फसेर शुरु भएको सवारी जाम डाईभर्सन पूर्ण रुपमा मर्मत नहुँदासम्म सडक सूचारु गर्न गार्हो परेको नवलपुर प्रहरी प्रवक्ता सागर पन्तले बताए । 'लगातारको झरीले डाईभर्सन  मर्मतमा ढिलो भएको हो, विहीबार बिहानबाट घाम लागेकाले मर्मतको काम सहज  होला' पन्तले भने ।

सडक आयोजनाका पुर्वी क्षेत्र हेर्ने आयोजना प्रमुख रमेश दृष्टिले आज जसरी डाईभर्सन मर्मत हुने गरि काम अगाडि बढाईएको बताए । 'लगातार झरिले हिलाम्मे हुँदा काम ढिलो भएको तर अब लगातार काम हुन्छ छिटोभन्दा छिटो डाईभर्सन सुचारू गर्ने गरि काम अगाडि बढेको छ,"दृष्टिले भने ।

पूर्व-पश्चिम जोडने मुख्य सडक जाम हुँदा सयौं सवारी सडकमै रोकिएका छ्न । केही साना सवारी तथा यात्रुवाहक बसहरु भित्री सडक प्रयोग गरेर गन्तव्यमा लागे पनि ठुला र मालबाहक सवारी सडकमै रोकिनु पर्दा यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

पूर्व-पश्चिम सडक बिस्तारको क्रममा बनाउन लागिएको दर्जनौ साना, ठुला पुल र कल्भट निर्माण गरिएका ठाउँमा सवारी आवतजावत गर्ने ठाउँमा बनाईएका डाईभर्सनहरुमा सानो पानी पर्दा पनि क्षती भएर सवारी आवागमन हुन नसक्ने समस्या पटक पटक आईरहदा पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुले भने निकै सास्ती भोग्नु परेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ