arrow

एक शताब्दी पार गरेकी महरले पाइन् न्यानो लुगा

वृद्ध, ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ पुष १५ बिहिबार
kapada-bridha.jpg

दार्चुला । एक शताब्दी पार गरेकी १०९ वर्षीया ज्येष्ठ नागरिक किडिदेवी महरले न्यानो लुगा पाएकी छन् । जिल्लाको महाकाली नगरपालिकाले वृद्ध, ज्येष्ठ नागरिकहरूलाई न्यानो लुगा वितरण गरिरहेको छ । 

वडा नम्बर ७ की शताब्दी पार गरेकी १०९ वर्षीया ज्येष्ठ नागरिक किडिदेवी महरसमेत न्यानो लुगा लिन वडा कार्यालय पुगेकी थिइन् । उनीसँगै ८४ वर्षीया चन्द्रावती देवी रैखोलाले पनि न्यानो लुगा प्राप्त हुँदा खुसी व्यक्त गरिन् । 

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत ९ वटै वडाका ज्येष्ठ आमाबुवाहरूलाई चिसोबाट जोगाउन न्यानो लुगा वितरण गरिएको हो । 

बिहीबार महाकाली नगरपालिका वडा नम्बर ७ र ८ ले एक कार्यक्रमका बीच वृद्ध आमाबुवाहरूलाई न्यानो लुगा वितरण गरेका छन् । वडाका ९९ वृद्ध आमाबुवालाई न्यानो लुगा र फलफूल वितरण गरिएको वडा नम्बर ७ का अध्यक्ष दिनेशराज जोशीले जानकारी दिए । 

यस्तै वडा नम्बर ८ का १ सय १५ वृद्ध, ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । वृद्ध आमाबुवालाई न्यानो लुगा अन्तर्गत ज्याकेट, बनियान, पन्जा वितरण गरिएको वडा अध्यक्ष चन्द्रसिंह विष्टले जनाए ।

वृद्ध ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले नगरपालिकाले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम ल्याएको बताए ।

बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रममार्फत निःशुल्क राशन वितरण, यातायात सेवा अन्तर्गत नगर बसमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ